सर्लाही-सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नै एम्बुलेन्स र ब्याक हृवी लोडर (डोजर) खरिद गरि संचालनमा ल्याएको छ । एम्बुलेन्स नहुदाँ बिरामीलाई स्वास्थ्य उपचार गर्न बाहिर जादाँ खर्च धेरै हुने गरेको र डोजर आएपछि बाटोघाटो निर्माण, मर्मत सम्भार तथा अन्य भौतिक संरचना निर्माण गर्नमा सहज भएको गाउँपालिकाले जनाएको छ । पालिकाको आफ्नो एम्बुलेन्स नहुदाँ गाउँपालिका अध्यक्ष चढ्ने गाडी नै बिरामी ओसार पसारमा समेत प्रयोग हुदैं आएको थियो । एम्बुलेन्स आएपछि त्यो समस्या सामाधान भएर गएको छ । एम्बुलेन्स आएपछि गाउँपालिकाको बिरामीहरुलाई स्वास्थ्य उपचार गराउनमा सजिलो भएको गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताएका छन् । अन्य ठाउँका एम्बुलेन्स लिएर स्वास्थ्य उपचार गराउनमा बाहिर जादाँ महँगो शुल्क तिर्नु पथ्र्यो । अब आफ्नै भएपछि सहुलियत दरमा एम्बुलेन्स सेवा पाउँछ । आवश्यक परेको बेला बाहिरको एम्बुलेन्स कहिले काँही ढिलो आइ पुग्थ्यो । आफ्नै भएपछि २४ घण्टा जुनसुकै बेला पनि सर्वसधारणले सेवा पाउँछ । आफुले सपथ ग्रहण गर्ने दिन पालिकामा एम्बुलेन्स खरिद गर्ने भनेका थियौं । त्यो आज पुरा भएको छ । एम्बुलेन्स नआए सम्म आफु चढ्ने गाडी नै आवश्यक परेको बेलामा एम्बुलेन्सका रुपमा सेवा दिदैं आएको थियो । जुनसुकै समयमा पालिका भित्र कसैलाई स्वास्थ्य उपचारका लागि बाहिर लैजानु पर्दा आफु चढ्ने गाडी नै दिदैं आएको अध्यक्ष यादवले बताए ।त्यस्तै बाटोघाटो निर्माण गर्न वा मर्मत सम्भार गर्न डोजर नहुदाँ समस्या हुने गरेको अध्यक्ष यादवले बताए । खोजेको बेला डोजर पाउँदैन्थ्यो । पाएपनि चर्को भाडा तिर्नु पथ्र्र्यो । पालिकाको आफ्नै डोजर भएपछि भाडा तिर्नु पर्ने र अन्य ठाउँमा गएर खोज्नु पर्ने समस्या टरेको अध्यक्ष यादवले बताए । एम्बुलेन्स र डोजर पालिकामा आइपुगेको छ । एक हप्ता भित्रमा चालक राखेर सेवा सुचारु हुने अध्यक्षले बताए । पालिकाले राजस्व छुट बाहेक २० लाख १० हजारमा एम्बुलेन्स र ४२ लाख ४० हजारमा डोजर खरिद गरि ल्याएको प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले बताएका छन् । एम्बुलेन्स आएपछि सर्वसधारण जनतालाई समयमै र सहज ढंगले सेवा पाउँछ । अरु भन्दा सस्तो दरमा पालिकाको एम्बुलेन्स सेवा उपलब्ध गराउँछ । त्यसैगरी डोजर आएपछि पालिकाले बिगतमा भाडामा ल्याउँदा महँगो पैसा तिर्नुृ पथ्र्यो । पालिकालाई अनावश्यक आर्थिक भार हुन्थ्यो । अब पालिकाको त्यस्तो खर्च हुदैंन् । बरु खाली समयमा भाडामा दिदाँ उल्टै आम्दानी हुन्छ । पालिकाको आम्दानीको स्रोतमा पनि बृद्धि हुने अधिकृत संजिवले बताए ।पहिलो पल्ट गाउँपालिकामा एम्बुलेन्स र डोजर आएपछि स्थानियबासी खुशी भएका छन् । समस्या परेको बेला बाहिरको एम्बुलेन्स आउँदा महँगो पैसा तिर्नु परेको स्थानिय महेश साहले बताए । वर्षाको समयमा बाटोघाटो बिग्रिदाँ एम्बुलेन्स बाहिरबाट आउँदैन्थ्यो । कतिपयले आउन आनकानी गर्दथ्यो । पालिको आफ्नै भएपछि जुनसुकै बेला पनि सर्वसधारणले सेवा पाउने साहले बताए ।

