२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही ।कौडेना गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।गाउँपालिकाको वडानम्बर-२ पुलपरासीमा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ भवनको काम अहिले रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ ।उक्त भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको कौडेना गाउँपालिका का प्रमुख प्रशसकीय अधिकृत संभु प्रसाद यादवले जानकारी गराएक छन ।कौडेना गाउँपालिकामा निर्माण भएको भवनको २०७९ साल श्रावन २३ गते नेपाली कांग्रेसका सह माहा मंत्री डिना उपाध्य र गाउपालिका अध्यछ रुपेश कुमार (बब्लु)ले सयुक्त रुपमा शिलान्यास गरेका थिए ।कुल १ करोड ७९लाख को लागतमा तयार हुन लागेको भवनको उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो ।भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । कौडेना गाउँपालिकामा हाल १ वटा वडामा मात्र वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम मलंगवा, लालबंदी र जनकपुर जानुपर्ने बाध्यता रहेको छ ।गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।त्यसको लागि गाउँपालिकाले २०८०/८१ सालको नीति तथा कार्यक्रममा एम.बी.बी. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।गाउँपालिकामा एम.बी.बी.एस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।उक्त अस्पताल को उद्घघाटन असार १९ गते “स्वास्थ्य मन्त्री” मोहन बहादुर बस्नेत र “खानेपानी मन्त्री” महेन्द्र राय यादव बाट गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय