२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सम्मानिय राष्ट्रपति बाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएको छ । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका थिए । नया वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो । सामाजिक कार्यमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले अभियन्ता रायलाई यो मानपदवी प्रदान गरेको छ । सुशोभन समारोहमा अभियन्ता रायले तराई मधेशमा लगाइने आफ्नो परम्परा र संस्कृति झल्काउने पोशाक मै राष्ट्रपति बाट मानपदवी ग्रहण गरेका हुन् । मेरो पोशाक लाई पनि यसरी सम्मान गरिदिएकोमा अभियन्ता रायले हर्षित हुंदै सरकार लाई धन्यवाद दिएका हुन् ।विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् । चुरे तथा वन जंगल संरक्षण, भूमिहीन सुकुम्वासी समस्या, वैदेशिक रोजगारको समस्या लगायतका विभीन्न सामाजिक मुद्दाहरूको उठानको साथ अभियन्ता रायले निरन्तर आन्दोलनहरू गर्दै आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय