२०८३ श्रावण ११ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

खाडी क्षेत्रमा तनाव बढ्दै जाँदा तीनवटा थप कार्गो जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएको छ। पछिल्ला घटनापछि अन्तर्राष्ट्रिय व्यापार मार्गको सुरक्षाबारे चिन्ता बढेको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य पनि फेरि करिब सय अमेरिकी डलर प्रतिब्यारेल नजिक पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खाडी क्षेत्रमा सञ्चालन भइरहेका व्यापारिक कार्गो जहाजहरूलाई लक्षित गरी आक्रमण भएको हो। आक्रमणपछि केही जहाजमा क्षति पुगेको बताइएको छ, तर मानवीय क्षतिको विवरण भने पूर्ण रूपमा सार्वजनिक भएको छैन।समुद्री व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने यो क्षेत्रबाट दैनिक ठूलो परिमाणमा तेल र अन्य सामग्री विश्वका विभिन्न मुलुकमा पठाइन्छ। पछिल्ला आक्रमणहरूले समुद्री मार्गको सुरक्षा र आपूर्ति शृङ्खलामाथि गम्भीर प्रश्न उठाएको छ।तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ। केही दिनअघि घटेको मूल्य पुनः उकालो लाग्दै प्रतिबारेल करिब १०० डलर नजिक पुगेको अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले बताएका छन्।
विशेषज्ञहरूका अनुसार यदि खाडी क्षेत्रमा सुरक्षा जोखिम बढ्दै गयो भने विश्वभर तेल आपूर्तिमा असर पर्न सक्छ। यसले इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ्ने र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना हुने सम्भावना रहेको बताइएको छ।यसैबीच विभिन्न देशहरूले समुद्री मार्ग सुरक्षित बनाउन निगरानी बढाउने र जहाजहरूको सुरक्षा कडा पार्ने तयारी गरेका छन्। स्थिति अझै संवेदनशील रहेकाले आगामी दिनमा तेल बजार र अन्तर्राष्ट्रिय व्यापारमा यसको प्रभाव कस्तो पर्छ भन्ने विषयलाई नजिकबाट हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय