२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव
बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा कार्यकक्ष भित्रै कर्मचारी माथी अभद्र व्यवहार गर्दै गाली गलौज तथा कार्यालयमा तला बन्दी गर्ने दुष्प्रयास गरिएको भन्दै बसबरिया गाउँपालिका का सम्पुर्ण कर्मचारीले त्सको बिरोध गरेका छन्। घटनाप्रति बसबरिया गाउँपालिका अन्तर्गतका गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले पनि आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गरेका छन् ।बुधवार बसबरिया गाउँपालिका का कर्मचारी हरुले संम्युक्त एक बिज्ञप्ती जारी गर्दै कार्यरत कर्मचारी जयराम माथि कार्यकक्षमै अभद्र तथा गाली गलौज गर्ने माथि कडाभन्दा कडा कारवाहीको माग गरिएको छ । यसले स्थानिय सरकारका कार्यालयमा काम गर्ने कर्मचारी माथि नै असुरक्षाको अवस्था श्रृजना भएको भन्दै तत्काल कारवाही नगरे आफुहरुमा आन्दोलनमा उत्रिन बाध्य हने समेत उल्लेख गरिएको छ । यसमा गाउँपालिका अध्यक्षलाई समेत पहल कदमी लिन आग्रह गरिएको छ । कर्मचारीहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादन गरिरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको गाउँपालिका का एक कर्मचारीले बताए । साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय