२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, ३० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सर्लाही क्याम्पसमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।सर्लाही क्याम्पसमा स्ववियु निर्वाचनका लागि जसपा र लोसपा निकट विद्यार्थी गठबन्धनबाट समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट सभापतिमा रामप्रवेश साह, लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट उपसभापतिमा आकाश यादव मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापतिमा सुजित यादव उम्मेदवारी दिनुभएको छ । त्यस्तै एमाले–जनमत गठवन्धनबाट सभापतिमा एमालेका धर्मेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै माओवादी निकट विद्यार्थी, नेसपा र नेकपा ऐस निकट विद्यार्थीहरुले पनि केही पदमा उम्मेदवारी दर्ता गराएको सर्लाही क्याम्पसले जनाएको छ । सभापतिमा ३ जना, उपसभापतिमा ५ जना, सचिवमा ४ जना, कोषाध्यक्षमा ५ जना, सह–सचिवमा ४ जना र सदस्यमा २२ जनाको उम्मेदवारी परेको जनाईएको छ ।चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सर्लाहीसहित देशैभरी निर्वाचन हुने मिति निर्धारण गरिएको छ ।/CP/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय