२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही – जिल्ला सुुरक्षा समिति सर्लाहीले ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको छ ।‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ सोमबार पहिलो पटक चक्रघट्टा गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो । काम गर्ने शिलशिलामा सुरक्षा निकायले पालिकासँग गरेको अपेक्षा र पालिकाहरुले सुरक्षा निकायबाट गरेको अपेक्षाका विषयमा वृहत छलफल गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।उनले आपसी अन्तक्र्रियापछि सेवा प्रवाह अझ चुस्त र जनमैत्री बन्ने विश्वास व्यक्त गरे । जिल्लाका २० वटै पालिकामा यस प्रकारको कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी यादवले उज्यालो अभियानसँग बताए ।चक्रघट्टामा सोमबार भएको पहिलो कार्यक्रममा जिल्ला सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी र सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको उपस्थिती थियो ।यसैगरी, गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत संजिवकुमार यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय