२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको गोडैता नगरपालिकाले नगरभित्रका गर्भवतीलाई लक्षित गरी बिहीबारबाट निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।स्वास्थ्य सेवा विभागबाट अल्ट्रासाउण्ड मेसिन प्राप्त भएपश्चात नगरपालिकाले आफ्नै एक जना स्वास्थ्यकर्मीलाई तालिम दिइ दक्ष पारेर स्थानीय गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा अर्थात् भिडियो–एक्सरेको सुविधा प्रदान गर्न सुरु गरेको हो । बिहीबार दिउँसो सिसौटिया स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच गोडैताका नगरप्रमुख देवेन्द्र यादवले ग्रामीण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गरेका छन् ।भारतसँग सीमा जोडिएको गोडैता नगरपालिकाका १२ वटा वडामा नौ स्वास्थ्य चौकी, तीन आधारभूत स्वाथ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाइ गरी १३ वटा स्वास्थ्य संस्था रहेका छन् ।अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि सिसौटिया स्वास्थ्य चौकीका एक जना स्टाफ नर्सलाई आवश्यक तालिम प्रदान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक प्रमोद पण्डितले जानकारी दिए ।पण्डितका अनुसार ती स्वास्थ्यकर्मीलाई सिसौटियाबाहेक अरु १२ वटा स्वास्थ्य संस्थामा एक महिनामा एक दिन अल्ट्रासाउण्ड मेसिन नै लिएर गर्भवतीको गर्भावस्था र शिशुको अवस्था पत्ता लगाउन पठाइने छ । बाँकी अरु दिन भने सिसौटिया स्वास्थ्य चौकीमै मेसिन राखी भिडियो–एक्सरे सेवा प्रदान गरिने स्वास्थ्य शाखाका संयोजक पण्डितले बताए ।नगरभित्रका गर्भवती गर्भ जाँच गर्नका लागि चर्को शुल्क तिरेर गोडैता बजारका निजी अस्पताल वा सदरमुकाम मलङ्गवासम्म आउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले पहल गरी आफ्नै ठाउँमा अल्ट्रासाउण्ड सेवा सुरु गरेको नगरप्रमुख यादवले बताएका छन् ।यो सेवा सञ्चालन भएपछि विशेष गरी अतिविपन्न र दलित परिवार बढी लाभान्वित हुने अपेक्षा गरिएको नगरप्रमुख यादवको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय