हरिवन – नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा आइतबार वृद्धाश्रम र बालगृहमा भोजनको प्रवन्ध मिलाएका छन् ।उनले हरिवन १ स्थित कैलाशपुरीमा रहेको मानवसेवाश्रम, हरिवन ५ घुर्कौलीमा रहेको बालगृह र लालबन्दी २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा एक–एक छाक भोजनको व्यवस्था मिलाएका हुन् । यस्तै, नेकपा एमाले निकट प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आइतबार बिहान मानव सेवाश्रममा आश्रीतहरुलाई भोजन गराइएको छ ।चौतारीका जिल्ला अध्यक्ष अच्यूतम सापकोटाको अध्यक्षतामा आश्रममा शरण दिएर राखिएकाहरुलाई भोजन गराइएको हो ।सो कार्यक्रममा एमाले मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्त, हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाई, एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेल, हरिवन १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, हरिवन ९ का पूर्व वडाध्यक्ष सीताराम सीताराम पोखरेल, एमाले नेता चूडामणि वाग्ले, गीतानाथ मैनाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

