२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

माघ १७ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकाका सय विपन्न परिवारलाई मंगलवार न्यानो कम्बल बितरण गरिएको छ ।
चिसोबाट बच्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले विपन्न परिवारलाई न्यानो कम्बल बितरण गरेका छन् । चक्रघट्टा वडा नं. २ का ६२ मुसहर परिवार, वडा नं. ७ का २३ भाँट परिवार र वडा नं. ८ का १५ विपन्न परिवारलाई न्यानो कम्लब बितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको आदेशानुसार जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीबाट आएको नायब सुब्बा रामकृपाल महतो र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको उपस्थितिमा न्यानो कम्लब बितरण गरिएको हो । न्यानो कपडा पाएपछि विपन्न परिवारलाई चिसोबाट बच्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष यादवले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीबाट आएको सय थान न्यानो कम्बल बितरण बस्तीमै पुगेर बितरण गरिएको यादवले बताए । न्यानो कम्बल पाएपछि खुशी लागेको चक्रघट्टा २ बेल्हीका झगरु माझी बताएका छन् । न्यानो कम्बल पाएपछि बालबालिकालाई चिसोबाट जोगाउनका लागि ठूलो सहयोग पुग्ने माझीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय