२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

चक्रघट्टा,माघ १६ – सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नो पालिका अन्तर्गतका वृद्धवृद्धा, एकल महिला, अशक्त, अपाङ्ग र अन्य लाभग्राहीलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले सोमबार वडा नं. १ शिवनगरमा पुगेर यस कार्यक्रमको उद्घाटन गरेका हुन् । गाउँपालिकामा आएर भत्ता लिन टाढा पर्ने र सास्ती समेत खेप्नु पर्ने भएपछि वडाबाटै भत्ता बितरण कार्यको सुरुवात गरिएको चक्रघट्टा गाउँपालिकाले जनाएको छ ।बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर सोमबारदेखि भत्ता बितरण गर्न थालेका छन् । पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा बृद्धबद्धालाई निकै समस्या हुने गरेको थियो ।आर्थिक वर्षको पहिलो किस्ताको रकम गाउँमै गएर बितरण गर्ने योजना थियो । तर, केही कठिनाईका कारण पहिलो किस्ताको रकम बाँड्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिक कुमार यादवले बताए ।कर्मचारी व्यवस्थापन भएपछि दोस्रो किस्ताको रकम वडामै गएर बितरण गर्न थालिएको अधिकृत यादवले बताए । गाउँमै आएर भत्ता बितरण भएपछि बृद्धबृद्धालाई निकै सहज भएको चक्रघट्टा गाउँपालिकाका स्थानीय भाग्य नारायण महतोले बताएका छन् ।यसअघि आइतबारदेखि मात्रै हरिपुर नगरपालिकाले पनि वडाबाटै भत्ता वितरण सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय