२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवामा कौडेना गाउँपालिकाको लागि स्थानीय तहमा आपातकालिन कार्यसंचालन केन्द्रको कार्यविधि निर्माणका लागि कार्यशाला गोष्ठी शुक्रवार सम्पन भएको छ।आपतकालिन कार्यसंचालन केन्द्रको कार्यविधि निर्माण गर्ने,केन्द्रको काम कर्तव्य र अधिकारको जानकारीको साथै विपद व्यवस्थापनलाई सामाजिक सुरक्षासँग कसरी जोड्ने,केन्द्रको संरचना कस्तो हुने,विपद परेको बेला समन्वय कसरी गर्ने ,सुचना को अदान प्रदान कसरी गर्ने लगायतका विषयमा जानकारी गराउने उदेश्यले गोष्ठीको आयोजना गरिएको राष्ट्रिय रोजगार केन्द्रका फिल्ड अफिसर दिपेश चौधरीले जानकारी दिए।आर.आर.पि.के मलंगवा र कौडेना नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको उक्त गोष्ठीमा सहभागी भएका सहभागीहरुलाई सहजकर्ता संतोष न्यौपानेले सहजिकरण गरेका थिए।आर.आर.पि.के मलंगवाका अध्यक्ष गायत्री यादवको अध्यक्षता तथा कौडेना गापा का प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको प्रमुख आतिथ्यतामा अध्यक्षता शुक्रवार मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको गोष्ठीमा पालिकाका वडाअध्यक्ष,वडासदस्य,विभिन्न शाखाका शाखा प्रमुख,शुरक्षाकर्मी,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय