२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही । सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका २ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई बिशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अबस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिइएको छ ।पक्राउ परेका यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा यस कार्यमा घिमिरे समेत संलग्न रहेको र उनको घरमा लागूऔषध राखेको भनेपछि घिमिरेको घरमा गई खानतलासी गर्दा डाइलेक्स डिईको ९० बोतल बरामद भएको प्रहरीले बताए । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय