२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

लक्ष्मण यादव/पालिका टुडे
सर्लाही : बरहथवा नगरपालिकाकि नवनिर्वाचित मेयर तथा पुर्व शिक्षिका कल्पना कुमारी कटुवाललाई जिल्लाका विभिन्न विधालय लगायत शुभचिन्तकहरुद्वारा सम्मान गर्ने क्रम जारी रहेको छ ।
यसै क्रममा बरहथवा नगरपालिका वडा न.१५ स्थित रहेको श्री प्राथमिक आधारभुत विद्यालायले पनि शिक्षा क्षेत्रबाट राजनीतिकमा प्रवेश गरि मेयर जस्तो गरिमामय पदमा विजयी हुनु भएकि उहाँलाई भव्य स्वागत तथा सम्मान गरेको हो ।शिक्षिका पेसाबाट राजनीतिकमा प्रवेश गरि समग्र शिक्षा पेसाकै शिर ठाडो राख्न सफल भएकि र एउटा शिक्षिकाले समेत सफल नेतुत्व गर्न सक्ने प्रमाणित गरेको र उहाँका कारण समग्र शिक्षकले गौरवान्वित महसुस गर्न सफल भएको भन्दै जिल्ला विभिन्न शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी लगायत विधालयले सम्मान गर्दै आएको हो ।विभिन्न शैक्षिक संस्था, विधालय र शिक्षक शिक्षिकाहरूद्वारा पाईरहेको न्यानो माया र उच्च सम्मानले आफनो कार्यक्षेत्रमा थप बल मिलेको नगर प्रमुख कटुवालले बताइन् । शिक्षिका पेसाबाट राजनीतिकमा प्रवेश गरेका कारण बरहथवा नगरपालिकाको शिक्षा क्षेत्रको विकास र उत्थानका लागि एउटा मोडालिटी बनाएर काम गर्ने बताइन् ।सामुदायिक विधालयमा भएका व्यापक राजनीतिक, अनियमितता र भ्रष्टाचारका कारण मधेस प्रदेशकै शिक्षा क्षेत्र बदनाम हुँदै गएको छ, उनले भनिन् । अभिभावकहरु गुणस्तरीय शिक्षाका लागि निजी विधालय रोज्न बाध्य हुँदैछ । आफ्नै कार्यकालमा बरहथवा नगरपालिकाका शिक्षा क्षेत्रमा भएका विकृति र विसङ्गतीलाई परास्त गर्दै सामुदायिक विधालयप्रती आम जनसमुदायले देख्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गरि सामुदायिक विधालयमा अभिभावक र विधार्थीको आकर्षण बढाउने र नगरलाई शिक्षाको हबको रुपमा विकास गर्ने बताइन् । साथै यहाका जनताले जुन दोब्बर मतान्तरले मलाई नगर प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित गराएका छन् उहाँहरुको मतलाई सम्मान गर्दै उहाँहरुको हकहितमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन ।कार्यक्रममा बोल्दै उक्त विद्यालयकी प्रधानाध्यापक किरन यादवले एउटा शिक्षिकाले देश र जनताको सेवा र विकास गर्न तथा देश डोर्याउन सक्छ भने कुरा कटुवालले प्रमाणित गरेको भन्दै उहाँको प्रशंसा गरिन ।बरथवा नगरपालिकाको स्थानीय स्तरमा भएका मुख्य समस्याहरुको पहिचान र संकलन गरि समाजका जानकार व्यक्तित्व, विज्ञ र हरेक तह तप्काका व्यक्ति नागरिकहरुसंग छलफल गरि नयाँ नीति र योजना निर्माण गरि ईमन्दारीपुर्वक लागु गर्न प्रअ यादवले नवनिर्वाचित मेयरलाई सुझाव दिइन ।आधारभुत विद्यालयले आयोजना गरेको स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि बरहथवा नगरपालिकाकि नवनिर्वाचित मेयर कल्पना कटुवाल, विशिस्ट अतिथि उपमेयर रामबाबु साह , अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन थापा , वडा.१३ का वडा अध्यक्ष राजगिर दर्जी , वडा न.१४ का वडा अध्यक्ष दिपेन्द्र प्रसाद यादव , वडा न.२५ का वडा अध्यक्ष रामबहादुर चौधरी र अभिभावकहरु लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय