२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

लक्ष्मण यादव/पालिका टुडे
सर्लाही : बरहथवा नगरपालिकाले ७५ करोड ८९ लाख १२ हजार ३३८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध बरहथवा नगर निर्माणका लागि बरहथवा नगरपालिकाले आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सातौ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो।बरहथवाको नीति तथा कार्यक्रममा नगरपालिकाको केन्द्र भागमा रहेको बरहथवा बजारको पशु बजार,तरकारी बजार,माछा मासु बजार आदिलाई व्यवस्थित गरि बजार क्षेत्रमा युरिनल सहितको लैङ्िगक मैत्री शौचालय सञ्चालन तथा ब्यबस्थापन र नगर कार्यपालिकाको कार्यालय देखि वडा कार्यालय सम्मका सबै सडकहरूको स्तरोन्नति गरि नमुना सडक विस्तार योजना कार्यान्वयनमा ल्याउने तथा बरहथवा नगरपालिका वडा न.९ को “मुक्तेश्वर बाबा धाम´´ पर्यटकीय क्षेत्रको डि.पी.आर अनुसार निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरिएको छ ।नगर कार्यपालिकाको नीति तथा कार्यक्रममा उल्लेखित अनुसार जम्मा १८ वटा वडा रहेको यस नगरपालिकामा वडा स्तरीय तर्फ ७ करोड ४९ लाख ७९ हजार विनियोजन गरिएको छ भने शिक्षामा २ करोड २६ लाख ६५ हजार , स्वास्थ्यमा २ करोड ५४ लाख ३५ हजार, कृषिमा २० लाख , पशुमा ३५ लाख र महिला तथा बालबालिकामा २० लाख रकम विनियोजन गरिएको छ ।नगरप्रमुख कल्पना कुमारी कटुवालको अध्यक्षता, संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यता र अर्की संविधान सभा सदस्य कमला देवी महतोको विशिष्ट आतिथ्यतामा सातौ नगरसभाको उद्घाटन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय