२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको कौडेना गाउँपालिकाको नवौं गाउँसभाको उद्घाटन सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष रुपेश कुमार को अध्यक्षता तथा उपाध्यक्ष नगिना देवी र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको विशिष्ठ आतिथ्यतामा शुक्रवार गाउँसभाको उद्घाटन सम्पन्न भएको हो। उक्त गाउँ सभा मार्फत गापा अध्यक्ष रुपेश कुमारले आर्थिक वर्ष २०७९/०८० को लागि ३८ करोड ८४ लाख ४१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।उक्त बजेट प्रस्तुत गर्दै कौडेना गाउँपालिकाको गा.पा.अध्यक्षता रुपेश कुमारले यादबले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास समेत व्यक्त गरे । गाउँ पालिकाको आफ्नै सभाहलमा आयोजना भएको सभामा सहभागी भएका अतिथिहरुको स्वागत सुरेश यादवले गरेका थिए। गाउँपालिकाको नवौं तथा स्थानीय तह २०७९ को निर्वाचन पश्चातको पहिलो गाउँ सभाको शुक्रवार सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा न १ देखि वडा न ७ का वडाअध्यक्ष,सदस्य,कार्यपालिका सदस्य ,कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन यस पालिकाका लेखा प्रमुख हरिनारायण साहले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय