२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही – सञ्चार र सूचनाको क्षेत्रमा ठूलो फड्को मारेको नेपालमै फोनमा कुरा गर्न तीन किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था छ । प्रविधिको युग भनिएको छ । नेपालमै फोरजी सेवा सुरु भइसकेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले देशका कुनाकुनामा दूरसञ्चारसहित फोरजी सेवा पुर्‍याइरहेको भए पनि सर्लाहीका विष्णु गाउँपालिकाका स्थानीयले भने सुलभ रुपमा दूरसञ्चार सेवासमेत लिन पाएका छैनन् ।केही समयअघि सञ्चार मन्त्रालयले फाइभजी सेवा परीक्षण तत्काल गर्न टेलिकमलाई निर्देशन दिएको खबर सुनेका विष्णु गाउँपालिकावासी अहिले पनि फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने अवस्था छ ।विष्णु गाउँपालिकास्थित सिमरा फेनहरावासी आफन्तसँग फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने बाध्यता छ । नेपाल–भारत सिमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको अधिकांश गाउँमा कुनै पनि फोन कम्पनीको नेटवर्क आउँदैन ।कसैसँग फोन सम्पर्क गर्नुपरेमा नेटवर्क आउने स्थान खोज्न मोटरसाइकलमा निस्कनुपर्ने विष्णु गाउँपालिका-५, फोनहराका रंजित रायले बताए । ‘मोबाइल फोन सेवा बिजोक छ । हामीले धेरैलाई भनिसक्यौँ, आजसम्म केही भएन,’ उन्ले भने, ‘केही घटना भयो वा कसैलार्ई फोन गर्नुपरे मोटरसाइकल स्टार्ट गरेर तीन किलोमिटर टाडा जानुपर्छ ।’ कुनै पनि दूरसञ्चार कम्पनीकको सिमले काम नगर्ने उनले बताए ।शनिवार बिहानै आफन्तसँग फोनमा कुरा गर्नुपर्ने भएपछि नेटवर्क खोज्न मोटरसाइकलमा तीन किलोमिटरको यात्रा तय गरेको स्थानीय वीरेन्द्र साहले बताए । फोन सेवा राम्रो नहुँदा आफ्नो गाउँपालिका जिल्लासगँको सम्पर्क बाहिर रहेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए ।‘फोनमा राम्रो कुरा हुँदैन । इन्टरनेटको पहुँच छैन,’उनले भने, ‘फोन सेवा नहुँदा त दिउँसै अन्धकारमा बसेको जस्तो हुन्छ । के गर्नु, आफुले केही गर्न सकिँदैन । टेलिकमदेखि मन्त्रीसम्म गुहारी सकेँ, कुनै उपाय लागेन ।’ यसले गाउँपालिकाको सेवा प्रवाह र जनतासगँको सम्पर्कमा रहनसमेत समस्या भइरहेको अध्यक्ष यादवले बताए ।फोनको टावर टाडा भएको कारण नेवटर्कको समस्या भएको प्राविधिकहरूको भनाइ छ । गाउँपालिकाकाले पालिकाका कार्यलयको छतमै ल्याएर टावर राखिदिन आग्रह गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय