२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

गोडैता-सर्लाहीको गोडैता नगरपालिका–वडा नम्बर–१२ मधुवनीलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । निरन्तर सचेतनामूलक गतिविधि, समुदाय स्तरको प्रतिबद्धता र आवश्यक मापदण्ड पूरा भएपछि वडा नम्बर–१२ ले बालविवाह अन्त्य गर्न औपचारिक घोषणा गरेका हुन् । वडा नम्बर–१२ मधुवनीमा वडाध्यक्ष केसव यादवको अध्यक्षता तथा नगरप्रमुख देवेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। सो अवसरमा उपप्रमुख अन्जना कुश्वाहाको विशिष्ट अतिथ्यता रहेको थियो । यस वडामा पछिल्ला महिनाहरूमा विद्यालय, बाल क्लब,समुदाय र गैरसरकारी संस्थाहरूसँग समन्वय गर्दै विभिन्न सचेतना अभियान सञ्चालन हुँदै आएका थिए। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,सामाजिक अगुवा, बाल क्लबका पदाधिकारी तथा अभिभावकहरूले बालविवाह हुन नदिने दृढ प्रतिबद्धता जनाएपछि वडालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो।गोडैताका वडा नम्बर–१२ मधुवनी सर्लाही जिल्लामै पहिलो तथा सम्पूर्ण मधेश प्रदेशमा दोस्रो बालविवाहमुक्त घोषणा हुने क्षेत्रमा समावेश भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख यादवले ऐतिहासिक उपलब्धिका रूपमा लिँदै सबैलाई बधाइ दिए । साथै आगामी दिनमा अझ उच्च मनोबलका साथ अभियानलाई सफल बनाउन आग्रह गरे। बालविवाहमुक्त घोषणा अभियान चेतना अभिवृद्धि र सामाजिक परिवर्तनतर्फको ठोस कदम भएको स्थानीयले बताएका छन् । विद्यालय, स्थानीय नेतृत्व,युवा,अभिभावक तथा समुदायको सक्रिय भूमिकाले यो उपलब्धि सम्भव भएको उनीहरुले बताए । वक्ताहरुले बालविवाहजस्तो गम्भीर सामाजिक समस्याको समाधानका लागि गरिएको यस्ता प्रयासले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय