२०८३ असार ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही जिल्लाको कौड़ेना गाँउपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत “एच.भी.पी खोप अभियान २०८१” सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता उपाध्यक्ष
नगिना देवीले गरेकी थिइन् भने प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत डा. सिनेलाल साह रहेका थिए। कार्यक्रमको प्रशिक्षकका रूपमा डा. राजीव शर्मा (विश्व स्वास्थ्य संगठन – WHO) र पोषण अधिकृत सुशील झाले प्रशिक्षण प्रदान गरे। स्वास्थ्य शाखा प्रमुख राम बिस्वास राय यादवको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरू सरोकारवालाहरू, वडा अध्यक्ष लग्यात पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एच.भी.पी खोप अभियानको महत्त्व,खोप व्यवस्थापन, सुरक्षित खोप वितरण प्रणाली,र लक्षित समूहसम्म प्रभावकारी रूपमा खोपको पहुँच विस्तार गर्न आवश्यक उपायहरूबारे विस्तृत छलफल गरियो। प्रशिक्षकहरूले खोपको सही प्रक्रिया,चुनौतीहरूको समाधान,र जनचेतना अभिवृद्धिका लागि अपनाउनुपर्ने रणनीतिहरूबारे सहभागीहरूलाई जानकारी गराएका थिए। कार्यक्रम सञ्चालन बीरेन्द्र राय (वरिष्ठ सहायक स्वास्थ्यकर्मी – Sr.A.H.W) ले गरेका थिए र कार्यक्रममा सहभागीहरूसँग सक्रिय संवाद गराउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय