२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाहीका दक्षिणि भेगका विद्यार्थीहरुमा विज्ञानप्रति नविनतम सोच बढाउनका लागि विज्ञान प्र्रदर्शनी मेलाको आयोजना गर्न थालिएको छ । बलरा नगरपालिकाको सहयोगमा युनेस्कोले विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्न लागेको हो।विज्ञान र नवीनतम प्रविधिको यात्रामा सबैको साथ र सहयोग’भन्ने मूल नाराका साथ जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला-२०८१ आयोजना हुन लागेको हो।आइतवार शिक्षा विकास तथा समन्वय इकाई मलंगवामा पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराइएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय,सिंहदरबार काठमाडौं र बलरा नगरपालिकाको संयुक्त आयोजना आयोजित मेला मंसिर १८ र १९ गते संचालन गरिने आयोजकले जनाएको छ।बाल प्रतिभाको खोजी र विज्ञानमा रुची बढाउने उदेश्यकका साथ विज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको युनेस्काका सहायक महासचिव रामेश्वर प्रसाद यादवले जानकारी दिए। विद्यार्थीमा आधुनिकता र वैज्ञानिक सोचको विकास होस् भन्ने मूल अभिप्रायले कार्यक्रम गर्न लागिएको यादवले बताए।प्रतियोगितामा जिल्लाका १४ स्थानीय तहका ३७ वटा विद्यालयको सहभागिता रह्ने बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहाले जानकारी दिएका छन्।मेलामा २८ वटा सामुदायिक र ९ वटा संस्थागत विद्यालयले सहभागिता जनाउने कुशवाहाले बताए।माध्यमिक तह तर्फ प्रथम हुनेलाई ३० हजार,द्वितीयलाई २५ हजार,तृतीयलाई २० हजार र दुई विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ । त्यसैगरी आधाभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार,द्वितीयलाई १० हजार,तृतीयलाई ७ हजार र दुई विद्यालयलाई ४ को दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिता संचालन गर्नका लागि बलरा नगरपालिकाले १५ लाख र युनेस्कोले ५ लाख रकम छुट्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय