२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

गोडैता, २३ असोज – सर्लाहीको गोडैतास्थित नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बाढी पीडित आफ्ना ८० जना ग्राहकलाई राहत वितरण गरेको छ ।संस्थाले डेढ हप्ताअघिको भारी वर्षापछि प्रभावित बनेको गोडैता, बलरा र रामनगरका बाढी पीडित ग्राहकलाई हिजो गोडैतामा भेला पारेर राहत वितरण गरेको हो । ८० जना ग्राहकलाई जनही २५ किलो चामल, दुई किलो दाल, तीन किलो आलु, एक किलो नुन र एक लिटर खानेतेल वितरण गरिएको नेशनल लघुवित्त वित्तीय संस्था गोडैता शाखाका कार्यालय प्रमुख उपेन्द्र यादवले जनाएको छ ।संस्थाका केन्द्रिय कार्यालय प्रतिनिधि एवं अनुगमन अधिकृत बालिसटर यादवको अध्यक्षता तथा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि र बाढी पीडितको सहभागी भएका थिए ।संस्थाको गौरीबास शाखाका प्रमुख जामनुप्रसाद यादवले संचालन गरेको कार्यक्रममा गोडैता शाखाका प्रमुख उपेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरे ।कार्यक्रमका अध्यक्ष बालिसटर यादवले मन्तव्यमा संस्थाको सामाजिक उत्तरदायित्वलाई विशेष जोड दिए। उनले भने, “यो संस्था केवल वित्तीय सेवा प्रदान गर्ने मात्र होइन, संकटको समयमा समाजका पीडित सदस्यहरूको सेवामा पनि समर्पित छ।”बालिसटर यादवले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।राहत वितरण कार्यक्रममा उपस्थित स्थानीयवासी र अन्य अतिथिहरूले संस्थाको यो प्रयासको उच्च प्रशंसा गरे। उनीहरूले संकटको समयमा यस किसिमको सहयोगले बाढी पीडितहरूको मनोबललाई बलियो बनाउन मद्दत गर्ने कुरा राखे।यस प्रकारको कार्यक्रमले बाढी प्रभावितहरूको तत्कालिक समस्या समाधान गर्न मद्दत पुर्‍याउँछ भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रुपमा आयोजना गरिनु पर्नेमा सहभागीहरूको सहमति देखियो। राहत सामग्री प्राप्त गरेपछि पीडित परिवारहरूले संस्थाको यो मानवीय प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय