२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही- असोज १२ गते आएको बाढीमा परी मृत्यु भएका दुई जनाको परिवारलाई बलरा नगरपालिकाले आर्थिक सहायता स्वरूप १/१ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। बलरा वडा नं.३ का अंकित ठाकुर र बलरा वडा नं.१ का पवन गिरी बाढीमा परेर ज्यान गुमाएका थिए। मृतकका परिवारलाई सान्त्वना दिन र सहयोगको घोषणा गर्न नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा व्यक्तिगत रूपमा उनीहरूको घरमा पुगेका थिए।कुशवाहाले दुबै परिवारलाई नगद २५/२५ हजार रुपैयाँ तत्काल हस्तान्तरण गरेका छन्। बाँकी रकम भने मृतक परिवारका सदस्यहरूको बैंक खातामा स्थानान्तरण गरिनेछ। नगरपालिकाले बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक सहयोग पुर्‍याउन प्रतिबद्धता समेत जनाएको छ। बाढीले बलरा नगरपालिकाका अन्य स्थानहरूमा पनि ठूलो क्षति पुर्‍याएकोले नगरपालिकाले प्रभावित परिवारहरूलाई थप सहयोग उपलब्ध गराउन पहल गर्ने बताइएको छ।उनले थप सहयोगका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय