२०८३ बैशाख २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

सर्लाही-रामनगर गाऊँपालिका को बाढी प्रभावित क्षेत्र धुर्व का २०० भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष राजाबाबु यादवको नेतृत्वमा गरिएको राहत वितरण कार्यक्रममा प्रत्येक पीडित परिवारलाई आवश्यक खाद्य सामग्री प्रदान गरिएको हो। वितरण गरिएको राहतमा २५ किलो चामल,३ किलो दाल, १ किलो खानेतेल,२ किलो आलु,१ किलो नुन,१ किलो प्याज,५०० ग्राम सुक्खा तरकारी,र एक थान त्रिपाल समावेश रहेको छ।बाढीका कारण घरबार विहीन भएका परिवारहरूले राहत पाउँदा केही समयको लागि खाद्य संकट टरेको जनाएका छन्। राहत वितरण कार्यक्रममा अध्यक्ष यादवले पीडितहरूको अवस्था निकै गम्भीर भएको र गाउँपालिकाले सकेसम्म अझै आवश्यक सहयोग पुर्‍याउन प्रयास गरिरहेको बताए। उनले थप सहयोगका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए।यस राहत कार्यले प्रभावित परिवारलाई तत्कालको जीवनयापनमा सहयोग पुर्‍याएको छ भने पुनर्निर्माणको लागि थप सहयोगको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय