२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही जिल्लाको कौडेना गाउँपालिका–६, सक्रौल क्षेत्रमा लखन्देही खोलाले कटान गरेको तटबंधको मर्मत कार्य सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रूपेश कुमार उर्फ (बब्लू )को नेतृत्वमा, पालिका का कर्मचारी, प्रहरी, र नेपाली सेनाको सहकार्यमा मर्मत कार्य सफलतापूर्वक सम्पन्न भएको हो।लखन्देही खोलामा आएको बाढीले तटबंधलाई ठूलो क्षति पुर्‍याएको थियो,जसले गर्दा आसपासका बस्ती र खेतीयोग्य जमिनमा खतरा उत्पन्न भएको थियो। तटबंधको क्षतिले स्थानीय बासिन्दाहरूलाई बाढीको थप जोखिममा पारेका थिए। यस समस्याको समाधानका लागि अध्यक्ष रूपेश कुमार ले तत्काल पहल गर्दै, पालिका कर्मचारी, सुरक्षाकर्मी,र नेपाली सेनाको सहयोगमा तटबंध मर्मतको कार्यलाई तीव्रता दिएका थिए।मर्मत कार्यले खोलाको कटानबाट स्थानीय बासिन्दाहरूको बस्ती र कृषियोग्य जमिनलाई जोगाउन ठूलो योगदान पुर्‍याएको छ। अध्यक्ष कुमार ले भने, “यो काम हाम्रो पालिकाको सामूहिक प्रयासको परिणाम हो। पालिका, प्रहरी, नेपाली सेना,र स्थानीय बासिन्दाहरूको सहयोगले मात्र यस्ता चुनौतीहरूको सामना गर्न सकिन्छ। भविष्यमा पनि यस्ता आपतकालीन अवस्थाहरूमा सधैं सतर्क रहनु हाम्रो जिम्मेवारी हो।स्थानीय बासिन्दाहरूले यो तटबंध मर्मत कार्यको प्रसंसा गर्दै, गाउँपालिकाको सक्रियतामा विश्वास व्यक्त गरेका छन्। मर्मत कार्य सम्पन्न भएपछि, बाढीबाट सुरक्षित महसुस गर्दै खेतीपातीको कामलाई व्यवस्थित रूपमा अघि बढाउन सक्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय