२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही-सर्लाही को रामनगर गाउँपालिकामा सरुव भई आएका प्रमुख प्रशासकीय अधिकृत दिपेंद्र प्रसाद यादव लाई आइतवार गाँउपालिका अध्यक्ष राजा बाबु यादवले स्वागत गरेका छन्।आइतवार गाँउपालिका कार्यालयमै आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत दिपेंद्र प्रसाद यादव लाई स्वागत गरेका हुन् ।त्यस अवसरमा गाँउपालिका अध्यक्ष राजा बाबु यादवले जनता र जनप्रतिनिधीको हितलाई सर्वोपरी ठानेर काम गर्न प्रमुख प्रशासकीय अधिकृत यादवलाई निर्देशन दिए ।पालिकाको विकासनिर्माणलाई तिब्रता दिनुका साथै सेवाप्रवाहलाई अझ सहज र पारदर्शी बनाउने कुरामा आँफु लागि परेको भन्दै यादवले यसमा कर्मचारीहरुको पनि साथ अति आवश्यक रहेकोपनि बताए ।स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए ।उक्त कार्यक्रममा रामनगर गाँउपालिका वार्ड नम्बर २ का वडाध्यक्ष सदानन्द यादव ,वार्ड नम्बर ३ का वडाध्यक्ष अजय यादव,वार्ड नम्बर ५ का वडाध्यक्ष श्री नन्दन प्रसाद यादव,शिक्षा शाखा प्रमुख फेकू राय लगायत रामनगर गाँउपालिका का सम्पूर्ण कर्मचारी उपस्थिती थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय