२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाहीको विष्णु गाउँपालिका १ बारा उद्योरणमा बिहिवार भएको आगलागीका पीडितहरूलाई रामनगर गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि रामनगर गाउँपालिकाले राहत उपलब्ध गराएको हो । आगलागीबाट पीडित परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए । गाउँपालिकाले पीडितहरूलाई ७५ थान त्रिपाल ,६ बोरा चुरा,२ बोरा दालबुट उपलब्ध गराएको हो । बिहिबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष राजा बाबु यादव ,संविधान सभा सदस्य शिव पुजन राय यादव लगायतले राहत वितरण गरे । बिहिवार दिउँसाे शत्रुधन राउतकाे घर बाट सल्केको आगोले अचानक सुरु भएको आगलागी ले विष्णु गाउँपालिका १ बारा उद्योरण का ७१ वटा घर पूर्णरुपमा र ४ वटा घर आंशिक रुपमा गरी ७५ वटा घर जलेर खरानी भएको थियो । आग लागी बाट लाखौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय