२०८३ बैशाख २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

वीरगञ्ज । चालु इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विभिन्न खेलमा सट्टाबाजी गर्ने तीन जना पक्राउ परेका छन् । बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी गराउन संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा सोही नगरपालिकाको वडा नम्बर १० मा बस्ने ३० वर्षीय राकेश चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।वानएक्स बेटमा लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।कार्यालयका अनुसार गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । प्रहरीले उनीहरुको बैंक खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन भएको जनाएको छ।उपत्यका प्रहरी कार्यालयमा एसपी रविन्द्र रेग्मीका अनुसार उनीहरुको बैक खाताबाट हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरुको साथबाट कारोबारमा संलग्न रहेका १६ थान चेक बुक बरामद गरेको छ ।साथै, ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, ११ थान डिपोजिट भौचर बरामद गरेको छ । उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंक गरेको पाइएको छ । यात्रा डेली बाट सम्भार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय