सर्लाही- कौडेना गाउँपालिका ले नवआगन्तुक प्रमुख प्रसासकीय अधिकृत सोनेलाल शाहलाई स्वागत गरेको छ ।शुक्रवार गाउँ कार्यपालिकाको कार्यालयमा आयोजीत एक समारोह बिच गाउँपालिका अध्यक्ष रुपेश कुमार( बब्लु ) ले प्रमुख प्रसासकीय अधिकृत शाहलाई खादा मालाले स्वागत गरे ।यसअघी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सम्भु प्रसाद यादव को अनिवार्य अवकास भएपछि झण्डै बीस दिन देखि गाउँपालिका निमित्तको भरमा थियो । शाहलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष रुपेश कुमार( बब्लु )ले जनप्रतिनिधि र कर्मचारी दुवैले जनपक्षीय काम गर्नुपर्ने बताए । कार्यक्रममा वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले खादा ओडाएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै शाहले नीति र बिधिमा रहेर जनताका काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम प्रमुख लेखापाल हरिनारायण शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।

