माघ २४ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा दुई दिने निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन बुधवारदेखि संचालन भएको छ।चक्रघट्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित शिविरको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । दुई दिनमा ९० जनाको मिनिल्याप गरिने लक्ष्य सहित शिविर संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर साहले जानकारी दिएका छन् ।शिविर संचालनमा स्वास्थ्य कार्यालय मलंगवा सर्लाही र सुनौलो परिवार नेपालको सहयोग रहेको शाखा प्रमुख साहले बताए ।
उदघाटन कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष मिना देवी रायले गरेका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सहित गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

