२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाही जिल्लाको विभिन्न ठाउँमा यति वेला धान भित्र्याउने चटारो छ । धान ल्याएर किसानले घरअगाडि सडकमा राखेका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ।जिल्लाका मुख्य मुख्य सडकमा भन्दा जिल्लाका ग्रामीण भेगका सडकमा यति वेला धान थुपारेका कारण सवारी दुर्घटनाको जोखिम बढेको गोडैता नगरपालिका वडा नम्बर ९ का बासिन्दा गणेश साहले बताए । गोडैता नगरपालिकाका गाउँका सडकमा अहिले धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेका कारण मोटरसाइकलमा आवतजावत गर्नेका लागि समस्या भएको स्थानीयको भनाइ रहेको छ।मान्छे र सवारी हिँडने सडकमा धान थ्रेसर लगाउने गर्दा बाटो हिँडनेको आँखामा धुलो परेर हिँड्नैसमेत समस्या हुने गरेको स्थानीयको भनाइ रहेको छ।जिल्लाको कौडेना गाउपालिका ,गोडैता नगरपालिका, बसबरिया गाउँपालिका ,बलरा नगरपालिका लगायतका स्थानमा किसानले धान बाटोमा राख्ने गरेका कारण आवागमनमा समस्या भएको बटुवाहरूको भनाइ रहेको छ । गाउँको ढलान बाटोमा तीव्र गतिमा कुद्ने सवारीसाधनले अगाडि धान राखेको थाहा नपाएर दुर्घटना हुने गरेको स्थानीयको भनाइ रहेको छ ।यसबारे चेतना नहुँदा स्थानीयले बाटोमै धान, पराल राख्ने र थ्रेसर लगाउने गरेको कौडेना का बासिन्दा राजेस चौधरीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय