२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-नेपाल तथा भारतका सीमावर्ती बजारहरूमा फेरि ५ महिनाको अन्तरालपछि भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ बलियो भएको छ । दुई सातायता मलंगवा र सीमावर्ती भारतीय बजार सोनवर्षा मा समेत नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।मलंगवाका व्यापारीहरूले हाल पनि ग्राहकबाट सकेसम्म भारु लिन मानिरहेका छैनन् । सामान्य अवस्थामा सबैभन्दा बढी भारु लेनदेन हुने मलंगवाका प्रायः सबै पेट्रोलपम्पले अहिले सूचना नै टाँसेर भारु नलिने बताएका छन् ।भारत सरकारले हालै २ हजार दरको भारु नोटबन्दी गरेपछि पनि मलंगवाका व्यापारीहरू भारुमा विनिमय गर्न हच्किएको हुन सक्ने मलंगवा का एक व्यापारीले जानकारी दिनुभयो । उहाँले स्थिति सामान्य हुँदा मलंगवाका व्यापारीहरूका लागि भारु आकर्षण नै हुनेमा जोड दिनुभयो ।भारु २ हजारको नोटलाई भारत सरकार आफैंले बजारबाट फिर्ता लिने घोषणा गरिसकेकोले भारुका अन्य दरका नोट पनि भारत सरकारले बजारबाट फिर्ता लिने घोषणा अचानक गर्न सक्ने त्रासले भारु नोट लिन व्यापारीहरू हच्किएका हुन सक्ने उहाँको अनुमान छ । हाल मलंगवा र सोनवर्षामा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँसम्म झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय