२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही- नेपालको बर्तमान अवस्थामा दिनानुदिन लागु औषध दुर्वयवसनको मुद्दाहरु बढिन थालेको छ र यसमा सबै भन्दा बढि प्रभावित नेपालको दक्षिणी भुभाग ओगटेको छ । त्यसमा पनि मधेश प्रदेशको अधिकाशं जिल्ला भारत सिमा संग जोडिएको ले खुल्ला सिमाको फाइदा उठाएर यस क्षेत्रका युवाहरु लागु औषध तथा र्दुव्यवसनमा अगाडी बढिरहेको बेला सर्लाहीको पर्सा गाउपालिकाले लागु औषध तथा र्दुव्यवसन मुक्त पालिका निर्माण गर्न विभिन्न कार्यक्रम तथा नितिनियम निर्माण गर्न शुरु गरेको छ । लागु औषध तथा र्दुव्यवसन र ट्राफिक नियम सम्बन्धी जनप्रतिनिधी,विभिन्न विद्यालयको प्रधानाध्यापक,विभिन्न प्रहरी चौकि प्रमुख,स्वास्थ्यकर्मीे,पत्रकारहरु संगको एक दिने अभिमुखिकरण कार्यक्रम आज र्पसा गाउपालिकाले कार्यक्रमको आयोजना गरि ११ दिने अभियान शुरु गरेको गाउपालिका प्रमुख धिरेन्द्र कुमार रायले बताए ।लागु औषध तथा र्दुव्यसन लाई अन्त्य गर्न पर्सा गाउपालिकाले प्रत्येक वडमा ५ सदस्य कमिटी निर्माण गरेको छ । जसले असार ३ गते देखी आ आफनो वडमा रहेको विभिन्न वर्गहरु संग भेटघाट गरी लागु औषध तथा र्दुव्यवसनमा फसेको युवा वालवालिका तथा त्यस्ता समुहको तथ्यांक बनाई गाउपालिकामा प्रतिवेदन बुझाइने र त्यस्ता समुह व्यक्ति लाई पालिकाकै सहयोगमा मनो बिज्ञान परामर्शदाता हरु संग परशिक्षण गराएर कुलतबाट छोडाउने प्रयास गरिने गाउपालिका प्रमुख धिरेन्द्र कुमार रायले बताए । गापा प्रमुख धिरेन्द्र कुमार रायको अनुसार यो कार्यक्रम बजेट सिद्याउनको लागी नभई समाजलाई स्वस्थ्य बनाउनको लागी संचालनमा ल्याइएको र हाम्रो ५ बर्षे कार्यकालमा यसलाई निरन्तरता प्रदान गरिने छ । लागु औषध र्दुव्यसन तथा ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा पर्सा गाउपालिकाको ६ वटै वडाको वडाध्यक्षहरु,गाउपालिका सदस्यहरु, कार्यपालिका सदस्यहरु,पालिका भित्र रहेको ८ वटा विद्यालयको प्रधानाध्यापक,स्वस्थ्यकर्मी,स्वास्थ्यचौकी प्रमुखहरु,प्रहरी चौकी इन्चार्ज सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा संग्रम्पुर शस्त्रवल प्रमुख तथा पर्सा प्रहरी चौकि इन्चार्जले लागु औषध तथा र्दुव्यवसन र ट्राफिक नियम सम्बन्धी प्रशिक्षण सहभागिहरु लाई गराइको छ । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गाउपालिका प्रमुख धिरेन्द्र कुमार रायले गर्नुभयो भने कार्यक्रमको विशिष्ट आतिथीको रुपमा गाउपालिका उप प्रमुख नुतन मडंलको उपस्थिती रहयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय