२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला मधेश प्रदेशमै पहिलो पटक बिहीबार मलंगवाका मेयर यादवले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर मेयर यादवको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए । नगरका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मीलगायतको उपस्थितिमा मेयर यादवको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको मलंगवा नगरपालिकाले जनाएको छ ।मेयर यादवले जताततै चाकडी गर्ने परिपाटीको अन्त्य गरी देशको भूमि रक्षाका लागि सबै एकजुट र एउटै स्वरमा अघि बढ्नुपर्नेमा जोड दिए । वडाध्यक्षहरुलाई समेत आ–आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न आग्रह गरेको मेयर यादवको भनाई छ । मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सीमासँग जोडिएको विषय नगरपालिकासँग सम्वन्धित नभएपनि राष्ट्रियताको सबालमा पालिका पनि गम्भीर भएर ग्रेटर नक्सा राखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय