२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही : सर्लाहीको बसबरीया गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो सेट वितरण शुरु गरेको छ । । धुवाँमुक्त गाउँ अभियान कार्यक्रमअन्तर्गत पालिकाले वडा नं १ का विपन्न परिवारलाई एक घर एक सिलिण्डर र चुल्हो सेट सँगै रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री समेत निःशुल्क प्रदान गरिएको बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले जानकारी दिए ।परम्परागत तरिकाले दाउराले खाना पकाउँदा त्यसबाट निस्केने धुँवाले गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने भएकाले आर्थिक वर्ष २०७९/८० को गाउँसभाबाट स्वीकृत गरेर २ हजार ७ सय १५ सेट सिलिण्डर र चुल्हो खरिद गरी वितरण गर्न शुरु गरिएको बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले जानकारी दिए ।उनका अनुसार वडा नं १ का स्थानीयको आवश्यकताबमोजिम वडामा ग्यास र चुल्हो गरी ५३३ सेट माग गरिएको छ । सो सामग्री प्राथमिकताको आधारमा गरिब, विपन्न, मजदुर, अपाङ्ग, एकल महिलालाई वितरण गरिँदै छ भने पछि फेरि वडाले आवश्यकताको आधारमा माग गरे थप्न सकिने छ ।अध्यक्ष रायले धुँवामुक्त गाउँ अभियान कार्यक्रमअन्तर्गत पालिकाका ६ वटै वडामा ग्यास सिलिण्डर र चुल्हो सेट निःशुल्क वितरण गरिने योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय