२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सुनील ठाकुर
बैशाख ८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमवार २ सय भन्दा बढी किसानले आ–आफ्नो खेतबारीको माटो परीक्षण गराएका छन् ।चक्रघट्टा गाउँपालिकाको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरी राजबिराजकाको सहयोगमा माटो परीक्षण गरिएको कृषि शाखाका नायब प्राबिधिक सहायक टिका बस्नेतले जानकारी दिएका छन् । एक दिने माटो परीक्षण कार्यक्रममा पालिका २ सय २५ जनाले आ–आफ्नो खेतबारीको माटो परीक्षण गराएका छन् । प्रदेश स्तरीय कार्यालयबाट आएका ३ जना प्राबिधिक सहितको टोलीले माटो परीक्षणको काम गरेको बस्नेतले बताए ।माटो परीक्षणको क्रममा नाइट्रोजन, पोटास, फसफोरस, अम्लियपन र माटोको किसिमको परीक्षण गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला सप्तरी राजबिराजका कार्यालय प्रमुख सुनिल कुमार सिंहले बताएका छन् । परीक्षणको क्रममा अरु रिपोर्ट बाँकी आउन रहेपनि प्रारम्भिक रुपमा यस पालिकाको माटो अन्य ठाउँ भन्दा राम्रै रहेको बताएका छन ।माटो परीक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले कृषि क्षेत्रको उत्पादकत्व बढाउने उदेश्यले माटो परीक्षण गरिएको बताएका छन् । यस पालिकामा अधिकांश कृषि आधारित परिवारहरु छन् । परीक्षणले माटोमा देखिएका समस्याहरुको समाधान हुने अध्यक्ष यादवले बताएका छन् । परीक्षणले माटोमा देखिएको समस्या पहिचान गरि त्यसको समाधान गरि कृषिबाट किसानले अपेक्षाकृत उत्पादन गर्ने सक्ने यादवले बताए ।कार्यक्रमका पालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, कृषि शाखा प्रमुख रामइश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय