२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

नीरज यादव/गोडैता– सर्लाहीको गोडैता नगरपालिकामा जनस्वास्थ्य प्रयोगाशालाको सोमबार उद्घाटन गरिएको छ नगरपालिका र मधेश प्रदेश सरकारको संयुक्त लगानीमा गोडैता नगरपालिका– वार्ड नंबर ७ मा निर्माण भएको जनस्वास्थ्य प्रयोगशाला भवनको नगरपालिकाका मेयर देवेंद्र यादवले उद्घाटन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा २०–२० लाख गरी कूल ४० लाख रुपैयाँ बजेट खर्चिएर जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।प्रयोगाशाला (ल्याब) स्थापना भएपछि नगरपालिकावासीले अब स्थानीय स्तरमै सर्वसुलभ रुपमा ल्याब सेवा पाउने नगरपालिका का मेयर यादवले बताए ।
प्रयोगशालामा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी सेवा दिन थालेसँगै सदरमुकाम मलंगवा वा अन्य बजार क्षेत्रमा धाउनु नपर्ने नगरपालिका मेयर यादवको भनाई छ ।प्रयोगाशालाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय