२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

चक्रघट्टा-सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहीवारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको पहिलो खेलमा पालिकाको कर्मचारी टिमले वडा नं. ३ सुन्दरपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमलाई वडा नंं ३ लाई २९ रन पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेका कर्मचारी टिमले १५.३ ओभरमा अल आउट हुदैं ७८ रन बनाएका थिए । कर्मचारी टिमका लागि लखिन्द्र यादवले सर्वाधिक १८ र सुनिल ठाकुरले १२ रन बनाएका थिए । वडा नं. ३ का लागि रमेश कुमारले ४ र लभ कुमार दासले २ विकेट लिएका थिए ।७९ रनको लक्ष्य पछ्याउन आएका वडा नं. ३ ले १० ओभरमा अलआउट हुदैं ४९ रन मात्र बनाएका थिए । वडा नं. ३ का लागि मोहम्मद नियाजले सर्वाधिक १६ रन बनाएका थिए । कर्मचारी टिमका लागि राम विकास मण्डलले सर्वाधिक ४ विकेट लिएका थिए ।प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले उद्घाटन गरेका छन् ।प्रतियोगितामा ९ वटा वडा र एक कर्मचारीको टिम गरि १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय