२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सुनिल ठाकुर/मलंगवा – सर्लाहीको कौडेना गाउँपालिकामा वुधबार पाँच सय अतिविपन्न परिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण गरिएको छ ।नेपाल–भारत महिला मैत्री समाज काठमाडौंले आयआर्जन न्यून रहेका पाँच सय परिवार छनौट गरी ग्याँस सिलिण्डर र चुल्हो उपलब्ध गराएको हो । प्रत्येक परिवारलाई सिलिण्डर र चुल्होसँगै रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री समेत निःशुल्क प्रदान गरिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले जानकारी दिए । उनले आफ्नो पालिकाका विपन्न परिवारलाई यस प्रकारको सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।प्रतिनिधि सभा सदस्य एवं नेपाल–भारत महिला मैत्री समाज काठमाडौंकी अध्यक्ष चन्दा चौधरीको पहलमा अतिविपन्न परिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दुतावास वीरगन्जका प्रमुख नितेशकुमारले पर्यावरणलाई स्वच्छ तथा गृहणीलाई स्वस्थ राख्न एलपी ग्याँस वितरण गरिएको बताए । दोस्रो चरणमा कौडेनाकै छुटेका अन्य विपन्न परिवार र छिमेकी गोडैता नगरपालिकाका अतिविपन्न परिवारलाई यस प्रकारको सहयोग गर्ने योजना रहेको बताइएको छ ।मधेश प्रदेशकै रौतहट जिल्लाका दुई पालिका र सप्तरी जिल्लाको एउटा पालिकामा पनि यो कार्यक्रम गर्ने तयारी छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चौधरीले दाउरा तथा गुइँठामा खाना पकाउन बाध्य गृहणी महिलाको स्वास्थ्यलाई ख्याल गर्दै ग्याँस सिलिण्डर र चुल्हो वितरण गरिएको बताईन् ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिलिण्डर र चुल्हो पाएपछि धुँवामा बसेर खाना पकाउन बाध्य गृहणीलाई सहज भएको उल्लेख गरे । यो सहयोगबाट कौडेनाका स्थानीय अतिविपन्न परिवार खुसी भएका छन् ।कार्यक्रममा प्रदेशसभा सदस्य कौशलकिशोर राय, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, सुरक्षा निकायका प्रमुखलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय