२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही,फागुन—९,जिल्लाको कौडेना गाउँपालिका छपकहियामा आजे (मंगलवार) देखि ‘पञ्च कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन’ सुरु भएको छ ।आजबाट सुरु भएको पंच कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचनको उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्प वृष्टी गराइएको छ ।छपकहियाका स्थानिय वासिन्दा समाजसेवी एवम् व्यापारी रामकेवल साह रौनियारले पंच कुण्डिय विष्णु महायज्ञको अवसरमा आफ्नो व्यक्तिगत खर्चमा हेलिकम्टरबाट पुष्प वृष्टी गराएका हुन ।यज्ञको शुभारम्भको अवसरमा आज कलश यात्रा निकालिएको थियो । कलश यात्रामा महिला तथा कन्याहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो ।महायज्ञको आज प्रदेशसभा सदस्य कौशलकिशोर राय र जंगिलाल राय, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवीलगायत ले उद्घाटन गरे । उद्घाटन पश्चात प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थ्तिि रहेको थियो ।पञ्च कुण्डिय विष्णु महायज्ञ एवम् श्री राम कथा वाचन कार्यक्रम आजदेखि ७ दिन सम्म चल्ने आयोजकले जनाईएको छ ।त्यस्तै यज्ञमा आज सहभागी भएका सम्पूर्ण व्यक्तिलाई मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको सहयोगमा भोजन गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय