२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही – सोमबार कौडेनापालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए ) अभियान कार्यक्रम सञ्चालन सम्बन्धी पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ।पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख रुपेश कुमारले गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान सफल पार्न आफूहरू पूर्णरुपमा लागि पर्ने बताए ।उनले आम नागरिकको स्वास्थ्यमा गाउँपालिका संवेदनशिल रहेको र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गरे । यस्तै कौडेना गाउँपालिका का उप-प्रमुख नगिना देवीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई नतिजा देखिनेगरी सञ्चालन गरिने बताए । उनले गाउँपालिका का सबै स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँमा नतिजा आउने गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानमा सहभागी हुन अनुरोध गरे ।कार्यक्रममा कौडेना गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान बारे प्रष्ट पारेका थिए। कौडेना गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख सुरेश यादवको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कौडेना गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको गोष्ठीमा गाउँपालिका प्रमुख÷उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक,गाउँपालिका का विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।नगरपालिकामा फाल्गुन ११गते देखि २४ हजार ८ सय ५४ जनालाई हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य समेत रहेको स्वास्थ्य शाखा प्रमुख सुरेश यादव ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय