२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीका प्रमुख जिल्ला अधिकारी र विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको समन्वय बैठक सोमबार सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको समन्वय बैठक सदरमुकाम मलंगवामा सोमवार (आज) सम्पन्न भएको हो ।विगतमा भएका निर्णयहरुको समिक्षा गर्दै बैठकले नागरिकसँगको संवादका लागि जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम जिल्लास्थित सबै स्थानीय तहमा संचालन गर्ने र जिल्ला प्रशासन कार्यालयले समय तालिका तयार गरी सोको जानकारी स्थानीय तहलाई गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।बैठकमा अर्थ मन्त्रालयको खर्च कटौती सम्बन्धी परिपत्र पूर्णरूपमा पालन गर्ने गराउने, स्थानीय सरकार संस्थागत आत्म–मूल्यांकनको कार्यविधि बमोजिमको कार्यसम्पादन/अभिलेख/प्रतिवेदन तयार गर्ने ,सबै स्थानीय तहहरुले PAMS/RMIS को पूर्णरुपमा लागु गर्ने, सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत कार्यालयबाट भएका कार्य प्रगति विवरण सार्वजनिकीकरण गर्ने निर्णय गरेको छ ।त्यस्तै प्राकृतिक स्रोत वन, ढुङ्गा, गिट्टी, वालुवाको संरक्षण एवम् सम्बर्द्धन गर्ने ,सरकारी सवारी साधनको सदुपयोग एवम् सार्वजनिक विदाको दिन सवारी अनुमति पास लिई मात्र प्रयोग गर्ने,विपद् व्यवस्थापन सम्बन्धमा प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीको सुरक्षा लगायतका विभिन्न २१ विषयमा छलफल गरी निर्णय गरिएको छ ।बैठकमा चक्रघ्ट्टा, कौडेना र रामनगर तथा गोडैता , कविलासी र ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू बाहेक अन्य १२ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय