२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही : सर्लाहीकाे दक्षनी भेगका स्थानियको घरघरमा शौचालय छ तर प्रयोग गर्ने थाेरै भेटिन्छन् । स्थानिय सरकारले खुल्ला दिसा मुक्त क्षेत्र घोषणालाई सार्थकता दिँदै हरेक घरमा शौचालय निर्माण गरिदिएपनि दक्षनी भेगका स्थानियले शौचालयको उचित प्रयोग नगरेको पाईएको हो ।घरघरमा शौचालय भएतापनि खुल्ला सडक तथा खेतबारीमा शौच गर्ने गरेको पाइएको हो । खुल्ला रुपमा गरिने शौचालयले एकातिर वातावरण प्रदुषण बढिरहेको छ भने अर्कातिर विभिन्न किसिमको सरुवा रोगहरु फैलिरहेको छ । पछिल्लो समय अस्पतालमा झाडापखाला, आउँ तथा हैजाका विरामिहरु बढिरहेको प्रदेशिक अस्पताल सर्लाहीले जनाएको छ । जसको प्रमुख कारण खुला रुपमा दिसापिसाब गर्नु र दुषित पानीको सेवन रहेको अस्पतालका डा नवल किशोर झा ले बताउनुभयो ।दक्षनी भेगका स्थानिय मध्ये बालबालिकाले शौचालयको प्रयोग गर्ने गरेको भेटिएपनि अधिकांस बृद्धहरुले अझै पनि खुल्ला रुपमा सौच गर्ने गरेको स्थानिय कमल सिंह चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय