२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

माघ १२ हरिपुर्वा । कार्यालय सहयोगी को भर्ना बिषय लिएर सर्लाहिको हरिपुर्वा नगरपालिकामा केही दिन देखि जनप्रतिनिधी हरु बिच तनावमय अवस्था बनेको बेला आज हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने लाई केही वडाध्यक्षहरुले आज मेयरकै कक्षमा हातपात तथा गाली बेइज्ती गरेको छ ।
हरिपुर्वा नगरपालिका मातहतको कर्मचारिहरुले आज एक प्रेश विग्यप्ती जारी गर्दै प्रमुख प्रशाकिय अधिकृत न्योपाने माथी भएको हातपात तथा दुर्व्याहार कार्य एकदमै निन्दनिय रहेको ले घोर भर्त्सना गरिदै दोषिलाइ तुरन्त कार्वाहिको माग गरेको छन । हरिपुर्वा नगरपालिकामा आज कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा कार्य सम्पादन गरिरहेको बेला लोसपा बाट निर्वाचित वडा नम्वर २ को वडाध्यक्ष दिनेश राय, जसपा बाट निर्वाचित वडा नम्वर ३ को वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेश बाट निर्वाचित वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल राय , जसपा बाट निर्वाचित वडा नम्बर ७ को वडाध्यक्ष उमेश राय तथा वडा नम्वर ६ को वडाध्यक्ष राम स्वार्थ राय को उपस्थितिमा जसपा बाट निर्वाचित वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको बिषय लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गर्दै गाली बेइजती गरेको भन्दै कर्मचारी हरुले हरिपुर्वा नपाको नगरप्रमुख बिनोद कुमार साहलाई प्रेश बिग्यती बुझाएको छ। दोषी उपर कार्वाही नहुन्जेल सम्म नगरपालिका भित्र रहेको सम्पुर्ण कार्यालायमा आवश्यक कार्य बाहेक सबै कामकाज ठप्प रहने बिग्यपतीमा जनाएको छ ।यस बिषयमा हरिपुर्वा नपा ६ मा जसपा बाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ रायको अनुसार हामिले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृतले बिदामा बसेको दिन पनि हाजरी राजिस्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा तिमी को हो सोधपुछ गर्ने भनी हामिलाइ नै हप्काएको जनाएको छ । म सहित हाम्रो टोलि ले कुराकानी मात्रै गरेको कुनै किसिमको हातपात र गाली ब्यजती नगरेको वडाध्यक्ष यादबले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय