निरज यादब
सर्लाही:भारत को चिलरामा सर्लाही निवासी माथी एसिड प्रहार भएको छ।आइतवार बिहान ६ बजे मोर्निङ्गवाक गर्न निस्किएकी कौडेना गाउँपालिका ७ सक्रौल निवासी ३५ वर्षीय युवक ललेन्द्र यादव माथि भारत को बिहार राज्य स्थित चिलरा गाँउ नजिक एसिड प्रहार भएको हो। सर्लाही प्रहरीका अनुसार एसीड प्रहार भएका ललेन्द्र यादव मलंगवा मालपोत मा लीखनदासीको काम गर्दै आएको हो।उनको शरीरको केही भागमा (तिघ्रा र छाती ) एसिड परेको प्रहरी ले जनाएका छन्। युवक माथी एसिड प्रहार गर्ने मानिसको खोजी भारतीय प्रहरीको समन्वयमा भइरहेको सर्लाही प्रहरीले जनाएको छ। अहिले युवकलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ।

