२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको हरिवनमा मंगलबारबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।हरिवन नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको तालिमको मंगलबार हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले उद्घाटन गर्नुभएको छ ।सात दिन सम्म चल्ने तालिम हरिवनस्थित सम्राट होटेलमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । लामो समयदेखि विभिन्न सञ्चारगृहमा काम गर्दै आएका र पत्रकारिता क्षेत्रलाई आफ्नो पेशा बनाई अगाडी बढ्न चाहेका नयाँ सञ्चारकर्मी तथा पत्रकारहरुलाई लक्षित गरी सुरु भएको तालिममा उनीहरूलाई थप सिर्जनशील र दक्ष बनाई आफ्नो क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सक्षम बनाउने आयोजकले उदेश्य राखेको छ । तालिममा सहभागि ४० जना मध्ये उत्कृष्ट हुने २५ जनालाई ४ दिने एड्भान्स तालिममा सहभागि गराईने आयोजकले बताएको छ ।नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार गोविन्द आचार्य र महासंघकै कार्यक्रम प्रबन्धक राम प्रसाद दाहालले तालिममा सहभागीहरुलाई मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुहुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय