२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव/
सर्लाही कौडेना-स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण प्याकेज सम्बन्धी सात दिने क्षमता अभिवृद्धि तालिम कौडेना गाउँपालिकामा सुरु भएको छ । कौडेना गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई बृहत् पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिन सुरु गरिएको हो । कौडेना गाउँपालिकाको आयोजनामा पालिका भित्रका ७ वटै वडामा रहेका , स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी तालिमको सुरुवात गरिएको हो ।पोषण सम्बन्धी बृहत् विषयवस्तुको एकीकृत प्याकेज, पोषण सम्बन्धी व्यवहार सुधार र कुपोषण व्यवस्थापनका लागि क्षमता विकास गर्ने मुख्य उद्देश्य सहित तालिम सञ्चालन गरिएको हो । तालिम आगामी असार १२ गतेसम्म सञ्चालन हुने छ ।तालिमको उद्घाटन गर्नुहुँदै कौडेना गाउँपालिका उपाध्यक्ष नगीना देवी यादवले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको सुरुवाती वर्षहरूमा पोषणमा गरिने लगानीले उनीहरूसँगै उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।कार्यक्रममा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवले एक हप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनुभयो । स्वास्थ्यकर्मीहरू प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरू दिएर समाज रूपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो र उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य संयोजक सुरेश यादव ले बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनुहुँदै राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य सङ्कटहरूसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्त्व रहेको विचार समेत व्यक्त गर्नुभयो ।पोषण सम्बद्ध सूचक सुधारका लागि स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित तालिमले कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनमा सघाउ पुग्ने विश्वास लिइएको छ । पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पनि तालिम महत्त्वपूर्ण रहेको गाउँपालिका स्वास्थ्य संयोजक सुरेश यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय