२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

अषाढ ६ गते । सर्लाहीका चक्रघट्टा गाउँपालिकाले आफ्नो पालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सोमवारदेखि बालविकास कक्षामा अंग्रेजी माध्यमको पढाइ सुरु गरेको छ ।श्री जनता माध्यमिक विद्यालय चक्रघट्टा–८ औरहीबाट उक्त अभियानको सुरुवात गरेको छ । विद्यालयले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रमबाट पालिका अध्यक्ष कृष्ण कुमार यादवले उक्त अभियानको सुरुवात गरेका छन् । जननिर्वाचित पदाधिकारी, सर्वसधारण लगतय विधार्थीहरुको उपस्थितिमा अभियानको सुरुवात गरेको जनता माध्यमिक विद्यालयकाका प्रधानाध्यापक लक्ष्मीकान्त रायले जानकारी दिएका छन् ।चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुसार आफुले बालविकास कक्षादेखि पालिकाका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमका पठनपाठन सुरु गरेको अध्यक्ष यादवले बताएका छन् । पहिलो वर्ष बालविकासदेखि सुरु गरिएको हो । अगामी वर्ष फेरी एक÷एक कक्षा थपिदैं लैजाने यादवले बताए । शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई विस्तार सुधार गर्दै लैजाने योजना अनुसार पहिलो काम अंग्रेजी माध्यमका पठन पाठनलाई सुरुवात गरिएको हो । विस्तारै पालिकामा देखिएको शिक्षक अभाव, भौतिक संरचनाको निर्माण, विधार्थी भर्ना लगायतका कामलाई अगाडी बढाउने अध्यक्ष यादवले प्रतिबद्धता जाहेर गरे ।जितेको एक महिनामै पालिकाले शिक्षा क्षेत्रमा राम्रो सुरुवात गरेको स्थानियबासी हरिनारायण रायले बताए । यो एउटा राम्रो सुरुवात हो । शिक्षा, स्वास्थ्य, कृषी लगायतका आधारभूत आवश्यक्तामा पालिकाको ध्यान गएकोमा खुशी लागेको रायले बताए । निर्वाचित जनप्रतिनिधिहरुको ध्यान पहिले जनताको नभई नहुने आवश्यक्ता के हो त्यसमा ध्यान जान जरुरी छ । आधारभूत आवश्यक्तालाई पहिलो प्राथमिकतामा राखिनु पर्छ ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना देवी यादव, वडाध्यक्षहरु रामकैलाश राउत, दिनेश साह, फैयाज अहमद, नागेन्द्र प्रसाद साह, राजेश यादव, विजय कुमार यादव, पूर्व वडाध्यक्ष अब्दुल अहद कबाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण राय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय