२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव
सर्लाही । सर्लाहीका बीसवटै स्थानीय तहको मतगणना स्थलमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी सर्लाहीको बीसवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको हो जिल्लाको मलंगवा, कविलासी, बलरा लगायत ११ ओटा नगरपालिकमा सिसी क्यामेरा जडान गरिएको छ । भने त्यस्तै जिल्लाको कौडेना,रामनगर,र धनकौल लगायत ९ ओटा गाउँपालिकाको मतगणना स्थलमा पनि क्यामेरा जडान भइसकेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पिया ले बताए।मतगणनालाई सुरक्षित बनाउन मतगणना स्थलमा क्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएको स्थानमा बाँसको बार भएपनि राख्ने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतगणनाका बेला कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले मजबुत सुरक्षा निगरानीमा मतगणना गरिने पियाको भनाइ छ ।देशभरका ७५३ वटै पालिकामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय