निरज यादब
गोडैता- टाइफाइडविरुद्धको खोप अभियान बारे गोडैता नगरपालिकाले पनि सोमबार संचारकर्मीहरु सँग अन्तरक्रिया गरेको छ । नगरपालिकाले बैशाख ४ गते देखि ९ गते सम्म पालिकाको १२ वटै वडाका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बाल बालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम तय रहेको गोडैता नगरपालिका स्वास्थ्य शाखाका संयोजक प्रमोद पंडित ले जानकारी दिए । उनका अनुसार गोडैता नगरपालिका भित्र २२ हजार २ सय १४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको संयोजक पंडितले बताउनु भयाे । बैशाख ४ गते देखि ९ गते सम्म नगरभित्रका सामुदायिक विद्यालयहरुमै पालैपालो खोप केन्द्र संचालन गरेर खोप लगाईने स्वास्थ्य शाखा संयोजक पंडितले जानकारी दिए । मेयर देवेन्द्र यादव को अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष , राजनीतिक दलका प्रमुख तथा पार्टी प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति समेत रहेको थियो । टाइफाइडविरुद्धको खोप अभियान संचालन गर्न विभिन्न चरणमा स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरिएको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ

