२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव

कौडेना – सर्लाहीको कौडेना गाउँपालिकाले बैशाख ४ गतेबाट पालिकाभित्रका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाको सभा हलमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बैशाख ४ गतेदेखि ९ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको जानकारी गराइएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुरेश राय यादवले देशभरमा झैँ कौडेना पालिका भित्रका बालबालिकालाई पनि पहिलो पटक लगाउन लागिएको टाइफाइडविरुद्धको खोप अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा , राजनीतिक दलका प्रमुख तथा पार्टी प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । टाइफाइडविरुद्धको खोप अभियान संचालन गर्न विभिन्न चरणमा स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको कौडेना गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।कौडेना गाउँपालिकाभित्र १५ महिनादेखि १५ वर्षसम्मका ११ हजार ८१८ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखाका संयोजक यादवले बताए । यसअघि कोरोना भाईरस संक्रमण विरुद्दका अभियान एवं खोप अभियान सफल पार्नका लागि संचारकर्मीहरुले अत्यन्त सकारात्मक सहयोग गरेको उल्लेख गर्दै टाइफाइड विरुद्दको खोप अभियान समेत सफल पार्नका लागि संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ संयोजक सुरेश राय यादवले बताए । सर्लाहीमा अहिले पहिलो चरणमा विभिन्न १० वटा पालिकाकामा बालबालिकालाई खोप लगाउने क्रम चलिरहेको छ । भने कौडेनासहित अरु बाँकी १० वटा पालिकामा दोस्रो चरणमा बैशाख ४ देखि ९ गतेसम्म खोप लगाउने अभियान चल्ने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय